बाढी पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाढी पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग


३ असार २०७८, बिहिबार


काठमाडौँ । विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

साथै राहत तथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरेका हुन् ।

विज्ञप्तिमा बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस