वर्षाका कारण काठेपुलसँगै बग्याे पानीघट्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वर्षाका कारण काठेपुलसँगै बग्याे पानीघट्ट


३ असार २०७८, बिहिबार


जाजरकोट । लगातार परेको अविरल वर्षाका कारण बुधबार बेलुकी डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँस्थित खोलामा काठेपुल र पानीघट्ट बगाएको छ ।

कोठेपुल बगेसँगै स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । घट्ट बग्दा करिब ३५० घरधुरीले अन्न कुटानी, पिसानी गर्न मुस्किल परेको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन् ।

त्यस्तै स्थानीय घट्टेखोला जलविद्युत् आयोजनाको विद्युत् सञ्चालन गर्नका लागि जाने बाटो नै अवरुद्ध भएपछि दुई घण्टा लामो बाटो प्रयोग गर्नुपरेको कार्कीले बताइन् ।

त्यस्तै दुरगाउँकै हिमालय आधारभूत विद्यालयको भवन पहिरोले भत्काएको छ । विद्यालय भत्काएसँगै नयाँ कसरी बनाउने चिन्ता थपिएको छ । वडा नं ६ कै यार्सागुम्बा सङ्कलन गर्ने रुपपाटनमा लगिएका २० गाई, गोरु मरेका छन् । निरन्तर पानी पर्दा चिसोका कारण गाई गोरु मरेका हुन् ।

त्यस्तै जुफालबाट दुनै जाने सडकको बीचमा रहेको खोलामा पानीको बहाव बढेका कारण अस्थायीरूपमा हालिएको काठेपुलमा क्षति भई समस्या भएको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस