वर्षासँगै आएको बाढी पहिरोमा परि ६ जनाको मृत्यु, २७ जना बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वर्षासँगै आएको बाढी पहिरोमा परि ६ जनाको मृत्यु, २७ जना बेपत्ता


२ असार २०७८, बुधबार


काठमाडौँ । वर्षासँगै आएको पहिरो र बाढीमा परेर मुलुकभरमा ६ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयले बुधवार साँझ जारी गरेको विज्ञप्ति अनुसार बाढी पहिरोमा परी ६ जनाको ज्यान गएको हो। केही दिन यता बाढी पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्।

बाढी पहिरोबाट सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरा प्रभावित भएका गृहले जनाएको छ । अहिलेसम्म सिन्धुपाल्चोकमा २, कास्की, पाल्पा, बाजुरा र डोटीमा १९१ गरेर ६ जनाको ज्यान गएको हो।

बाजुरा, गोर्खा, प्युठान र अर्घाखाँचीमा १९१, जाजरकोटमा ७ तथा सिन्धुपाल्चोकमा १७ गरी २७ जना बेपत्ता भएका गृहले जनाएको छ ।

बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा ६, स्याङ्जामा १, डोटी र जुम्लामा २–२ गरेर ११ जना घाइते भएका विज्ञप्तिमा उल्लेख छ।

सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी घाइते भएका ६ जनाको उद्धार गरी ललितपुरको बीएण्डबी अस्पतालमा उपचार भइरहेको गृहले जनाएको छ ।

बाढी–पहिरोले ८९ घरमा पूर्ण र २६ घरमा आंशिक गरेर १ सय १५ घरमा क्षति पुगेको छ । बाढी पहिरोमा परेका सिन्धुपाल्चोकमा ४६ र दाङका ४ गरेर ५० जनाको सकुशल उद्धार गरिएको गृहले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस