विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक अपरान्ह ४ बजे बस्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक अपरान्ह ४ बजे बस्ने


२ असार २०७८, बुधबार


काठमाडौँ । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बुधबार (आज) अपरान्ह ४ बजे बस्ने भएको छ ।

गएरातिदेखि परिरहेको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न लागेको हो । बैठकमा हालको स्थितिबारे समीक्षा हुनेछ भने प्रतिकार्यको विषयमा पनि निर्णय हुने भएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस