वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध « प्रशासन
prasaLogo
१९ श्रावण २०७८, मंगलबार
   

वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध


१ असार २०७८, मंगलबार


काठमाडौँ । केही दिन यता निरन्तर भइरहेको वर्षाका कारण बाढी र पहिरोले अहिले नौ सडक पूरै अवरुद्ध छ भने तीन सडक एकातर्फबाट मात्रै सुचारु रहेको छ ।

पूर्व-पश्चिम राजमार्गको गैडाकोट, धुस्सी सडक आज अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा जिल्लामा गौडेपुल, धुम्सी सडक र साँफेबगर-मार्तडी-कोल्टी सडक बार्जुगाड र बल्दे–अम्कोट सडक सोमबारदेखि अवरुद्ध भएको छ । त्यस्तै, डुम्रे-बेशीसहर-चामे सडक तिमाङ छहरामा गत १६ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । तानसेन-रिडि कोरला सडक पनि आज नै अवरुद्ध भएको छ ।

कणार्ली राजमार्गको कालाखाला सैन र दरबारे बोटखाला सडक खण्ड आज अवरुद्ध भएको छ । खोड्पे–चैनपुर सडक दोल्यामोड, कचाली पनि आज अवरुद्ध बनेको छ ।

डिभिजन सडक कार्यालयहरुले विभिन्न सडक खण्डमा सडक पूरै वा आंशिक रुपमा सुचारु गरिरहेको सडक विभागले जनाएको छ । कालीकोट जिल्लाको बालीघाट, धनाडा, भिग्म सडक, दैलेखको बाङ्गेसिमल, कालाखाला सडकखण्ड र सिद्धार्थ राजमार्गको सिपपलडाँडामा एकातर्फबाट सडक खुलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस