मनाङमा बाढीले ६ घर बगायो, मानवीय क्षति नभएको « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मनाङमा बाढीले ६ घर बगायो, मानवीय क्षति नभएको


१ असार २०७८, मंगलबार


पोखरा । मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।

बेलैमा जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन । बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको छ । अहिले त्यहाँका सबै जनतालाई माडास्थित कारागारमा पुर्‍याइएको छ ।

लगातारको बर्षाको कारणले आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिजसमेत बगाएको छ । उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस