नारायणी नदीमा पानीको सतह ७.३ भन्दा माथि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नारायणी नदीमा पानीको सतह ७.३ भन्दा माथि


१ असार २०७८, मंगलबार


चितवन । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको सतह ७.३ भन्दा माथि नाघेर ७.८ मिटर पुगेको छ । ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ ।

चितवनमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रहसमेत गरेको छ ।

नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवन क्षेत्रमा कटान र डुबान हुने खतरा बढी हुन्छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ मा नारायणी नदीले बढी क्षति गर्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस