एकल महिलालाई काँग्रेसले बनाइदियो घर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकल महिलालाई काँग्रेसले बनाइदियो घर


१ असार २०७८, मंगलबार


झापा । सवारी दुर्घटनामा पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी चौधरी राईलाई नेपाली काँगेसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको छ ।

एकतले पक्की घरको निर्माणकार्य सम्पन्न भइसकेको हुँदा अब रङरोगन गरेर हस्तान्तरण गर्न मात्र बाँकी छ । घर निर्माणमा १४ लाख खर्च भएको छ । नेपाली काँग्रेस शिवसताक्षी नगर समिति र पार्टीको वडा नं ११ समितिले संयुक्तरूपमा घर निर्माण गरेका हुन् ।

स्थानीय रामबहादुर चौधरीसँग विसं २०५९ मा अन्तरजातीय विवाह गरेकी भीमाकुमारीका पतिको एक दशकअघि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । भीमाकुमारीका दुई छोरा छोरी छन् । माइतीमा बसेर उनले जनमन गरेर बालबच्चाको पालनपोषण गर्दै आएकी छन् । घरबारविहीन भएका कारण उनको घर निर्माणमा पार्टीले अग्रसरता लिएको जनाउँदै काँग्रेस शिवसताक्षी नगर समितिका सभापति परशुराम ढुङ्गानाले आगामी विपी जयन्तीमा भीमाकुमारीलाई घर हस्तान्तरण गरिने बताए ।

घर निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद ढकालले पार्टी परिवार र विदेशबाट शुभेच्छुकहरुले भीमाकुमारीको घर बनाउन आर्थिक सहयोग प्रदान गरेको जानकारी दिए । सोमबार नेपाली काँग्रेसको अष्ट्रेलिया जनसम्पर्क समितिले सो घर निर्माणका लागि ५५ हजार सहयोग पठाएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस