नक्कली ‘डीएसपी’ पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नक्कली ‘डीएसपी’ पक्राउ


१ असार २०७८, मंगलबार


काठमाडौँ । प्रहरीले आफूलाई नेपाल प्रहरीको डाक्टर/मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी) बताउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका–६, जरंखु बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगानालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले आफू ‘मेडिकल डाइरेक्टर हुँ’ भन्दै मेडिकल फर्म सञ्चालन गर्दै आएको पाइएको छ । उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डीएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डीएसपी बताउने गरेका थिए । उनले नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको पोसाक लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राखेका थिए ।

तारकेश्वर नगरपालिकामा भिक्टोरिया फार्मेसी सञ्चालन गर्दै आएको र त्यहीँबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । ढुंगानाबाट कोही व्यक्ति पक्राउ परेका पीडित भएको भए महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस