उपराष्ट्रपति कार्यालयका सचिव मैनालीको अनिवार्य अवकाश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपराष्ट्रपति कार्यालयका सचिव मैनालीको अनिवार्य अवकाश


१ असार २०७८, मंगलबार


काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव गोपीनाथ मैनालीले निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् ।

नेपाल सरकारका विभिन्न निकायमा ३९ वर्ष ८ महिना १९ दिन सेवा गरेका सचिव मैनाली उपराष्ट्रपति कार्यालयबाट बिदा भएका हुन् । अवकाशसँगै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सचिव मैनालीले सेवामा रहँदा आफूलाई मार्गदर्शन गर्ने, सहयोग गर्ने र साथ रहने सवैप्रति धन्यवाद दिएका छन् ।

लामो समय बिताएको पेसाबाट अलग हुँदा संवेगात्मक बनेको भन्दै उनले सामान्य परिवारमा जन्मेर हिमाल, तराई, पहाड, अग्र पङ्क्तिका कार्यालयदेखि नीति तहसम्म रही राष्टसेवा गर्ने अवसर पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताएका छन् । उनी लेखकसमेत हुन् । सचिव मैनालीका सार्वजनिक प्रशासन सम्बन्धी कैयन् पुस्तकहरू प्रकाशन भएका छन् ।

निर्वाचन आयोगमा हुँदा निकै चर्चा कमाएका मैनालीले जुन निकायमा गए, त्यहाँ केही न केही देखिने र महसुस हुने गरी काम गरेका छन् । पाँच वर्ष अघि सचिव भएका उनी क्षेत्रीय प्रशासन कार्यालय पोखरा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कृषि, पशुपन्छी, भूमिसुधार र सहकारी,महालेखा नियन्त्रककाे कार्यालय, शिक्षा मन्त्रालय हुँदै उपराष्ट्रपतिको कार्यालय पठाइएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस