डोटीमा केही खुकुलो पार्दै असार १० गतेसम्म थपियो निषेधाज्ञा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डोटीमा केही खुकुलो पार्दै असार १० गतेसम्म थपियो निषेधाज्ञा


३१ जेष्ठ २०७८, सोमबार


डोटी । बिगतको भन्दा केही खुकुलो गरी डोटी जिल्लामा असार १० गतेसम्म निषेधाज्ञा थपिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आदेश जारी गर्दै असार १० गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिएको जानकारी दिएका हुन् ।

पछिल्ला दिनहरुमा जिल्लामा संक्रमणको दरमा कमी देखिए पनि जोखिम कायमै रहेकोले निषेधाज्ञा लम्ब्याइएको आदेशमा उल्लेख गरिएकाे छ ।

समुदायस्तरमा संक्रमणको दर न्यून गर्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिएका छन् ।

मंगलबारदेखि पसलहरु बिहान ६ बजेदेखि १० वजेसम्म र साँझ ४ वजेदेखि ७ बजेसम्म सञ्चालन हुने भएका छन् । होटेल, रेष्टुरा, चिया पसल, मदिरा पसल भने खोल्न नपाईने आदेशमा उल्लेख गरिएकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस