२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा कार्यरत नयाँ कर्मचारीको पहिलो चरणकाे तालिम सम्पन्न

अ+ अ-

नेपालगञ्ज । प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेको आयोजनामा भर्चुअल विधिमार्फत सञ्चालित पाँच दिने ‘स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि’ विषयक तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत बाँके र बर्दियाका स्थानीय तहहरूमा कार्यरत नयाँ कर्मचारीको पहिलो चरणमा ४२ जनाका लागि तालिम सञ्चालन गरिएको हो ।

सरकारी सेवामा नवप्रवेशीका रूपमा कार्यरत सहायकस्तर कर्मचारीहरुको क्षमता अभिवृद्धिले कार्यसम्पादनमा सुधार ल्याई स्थानीय तहले प्रवाह गर्ने सेवाहरुमा सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएको प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मोतिप्रसाद शर्माले बताए ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सहयोगमा सम्पन्न सो तालिम कार्यक्रममा दिशानिर्देश गर्दै कार्यकारी निर्देशक शर्माले प्रदेश प्रशिक्षण प्रतिष्ठान र स्थानीय तहको क्षमता वृद्धिमा प्रतिष्ठानको भूमिकाको बारेमा पनि प्रष्ट्याएका थिए । कोभिड–१९ को महामारीका कारण भर्चुअल माध्यमबाट तालिम गर्नुको विकल्प नरहे पनि आगामी दिनमा अझ प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।

उनले नागरिकको सबै प्रकारका समस्या सम्बोधनको पहिलो संयन्त्र स्थानीय सरकार हुने र नागरिकलाई दिने सेवा प्रवाहले पूरै राज्य संयन्त्रले जस वा अपजसको भागीदार हुनुपर्ने हुनाले स्थानीय तहका कर्मचारी सजग हुनुपर्ने बताए।

यही जेठ २५ गतेदेखि चलेको प्रशिक्षणमा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा क्रियाशील, स्थानीय तहका बारेमा राम्रो ज्ञान भएका विषय विज्ञले प्रदेश प्रशिक्षण प्रतिष्ठानले तयार पारेको पाठ्यक्रममा आधारित भएर सत्र चलाइएको सो प्रतिष्ठानका पाठ्यक्रम विकास विज्ञ विष्णु न्यौपानेले जानकारी दिए ।

प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र र शैक्षिक सामाग्री सम्बन्धित स्थानीय तहमा पुगेर हस्तान्तरण गरिने तालिम संयोजक टेक नारायण ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस