प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित


३१ जेष्ठ २०७८, सोमबार


धनुषा । आर्थिक वर्ष २०७८.७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम हिजो (आइतबार) पारित भएको हो ।

सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गरे ।

त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा प्रदेश सरकार पछि नपर्ने बताउँदै भने, ‘कोरोना महामारीको तेश्रो र चौथो लहरको कुरा आएको छ, सरकार सङ्क्रमण नियन्त्रणमा प्रतिबद्ध छ । बालबालिकाका लागि अब छुट्टै अस्पताल तयार गर्नेछौँ ।’ उनले जनकपुरको मणिपालस्थित कोभिड अस्पतालमै बालबालिकाका लागि छुट्टै व्यवस्था गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०/१० गरी ६४० परिवारलाई महेन्द्र नारायण निधी आवास योजनाअन्तर्गत घर बनाउने योजना बजेटमा समावेश गराउने राउतले बताए । नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले बैठकमा आएका महत्वपूर्ण सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस