कोरोनाबाट थप पाँचको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोनाबाट थप पाँचको मृत्यु


३० जेष्ठ २०७८, आइतबार


राँझा । बाँकेका अस्पतालमा भर्ना भएका बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका गरी थप पाँच सङ्क्रमितको उपचारको क्रममा गएराति मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैतडी पडचौडी नगरपालिका—८ निवासी ५५ वर्षीय पुरुष, बर्दिया राजापुर नगरपालिका—१ निवासी ४९ वर्षीया महिला, सल्यान कालिमाटी गाउँपालिका—२ निवासी ४६ वर्षीय पुरुष र दाङ लमही नगरपालिका—१ निवासी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके बैजनाथ गाउँपालिका—५ का ६७ वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट ३०७ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३३७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस