Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपत्यकाका तीनै जिल्लाका सिडिओको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुँदै


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र जारी निषेधाज्ञाबारे निर्णय गर्न आज तीन वटै जिल्लका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठक बस्दै छ।

जिल्ला प्रशासन कार्यालयमा दिउँसो बस्न लागेको बैठकले हालको अवस्थालाई केही खुकुलो गर्दै एक साताका लागि अझै निषेधाज्ञा थप्ने तयारी गरेको छ । यसअघि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनौपचारिक छलफलले निषेधाज्ञा थप गर्ने सहमति गरी सकेको छ ।

उपत्यकाभित्र संक्रमणदर घटे पनि सङ्क्रमणको जोखिम उच्च नै रहेकाले थप एक साता निषेधाज्ञा गरेर हेर्ने सहमति भएको हो।

यस पटक थप गरिएको निषेधाज्ञा केही क्षेत्रमा खुकुलो हुनेछ। निर्माण सामाग्री, कृषिजन्य वस्तुका पसलहरूलाईसमेत खोल्न दिने तयारी भइरहेको छ। त्यस्तै, खाद्यान्न, फलफूल, तरकारी मासुजन्य वस्तुका पसलहरूलाई समेत खोल्ने समय थप गरिनेछ।

बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गर्ने तयारी भइसकेको छ।

कोरोना सङ्क्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस