गण्डकीमा मुख्यमन्त्री दाबी गर्न दीपक मनाङेसहित पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गण्डकीमा मुख्यमन्त्री दाबी गर्न दीपक मनाङेसहित पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय


२८ जेष्ठ २०७८, शुक्रबार


पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्न नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल काँग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न प्रदेश प्रमुख समक्ष गएका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले शुक्रवार संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस