२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतबाट हात्तीको बथान आउन थालेपछि त्रास बढ्यो

अ+ अ-

झापा । आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगरबाटै फर्किने गरेका छन् ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुनडाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको बथान आउन थालेको बताए । तीसदेखि एक सयको सङ्ख्यामा हात्तीको बथान आउने गरेका छन् । बथानमा लामा लामा दाह्रा भएका भाले हात्तीदेखि बच्चाहरु पनि छन् ।

केही दिनअघि मेचीनगर—४ स्थित बाहुनडाँगी भन्सार गौंडामा विद्युतीय तारबार भत्काएर ३० वटा हात्ती बाहुनडाँगी पसेका थिए । त्यसबेला तारबार भत्काएर पसेका हात्तीले मकैबाली खाएर सोत्तर बनाएका थिए । समितिले भत्केको तारबार मर्मत गरिसकेको जनाएको छ । तारबारको करेन्टसँग डराएर हात्ती रातभर सीमा क्षेत्रमै रोकिने गरेका छन् ।

भारतको सीमा क्षेत्रमा महानन्द वाइल्ड लाइफ सेन्चुरी नामक वन्यजन्तु आरक्षको घना जङ्गल छ । आसामदेखि आएका हात्ती नेपाल आउनु अघि त्यही जङ्गलमा बस्ने गर्छन् । हाल साँझ परेपछि समितिको पदाधिकारी, डिभिजन वन कार्यालय झापाको टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हात्ती छेक्न सीमाको गौंडाहरुमा खटिने गरेको छ ।

डिभिजन वन कार्यालयको साइरनसहितको गाडी र स्थानीय समितिको दुई ट्रयाक्टरले सीमा क्षेत्रमा हात्तीको गस्ती गर्दै आएको छ । ‘‘कुनै पनि बेला हात्ती गाउँ पस्ने जोखिम छ, हामी नियमित गस्ती गरिरहेका छौं,’ डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले भने, ‘२०७२ सालदेखि भारतबाट हात्ती आएका थिएनन् । अहिले एक्कासी आउन थाले ।’ प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले हात्तीको ठूलो सङ्ख्या तारबार फोडेर बाहुनडाँगी प्रवेश गर्ने प्रयासमा रहेको हुँदा विगतमा झैंं मानव हात्ती द्वन्द्व अझ बढ्ने चिन्ता व्यक्त गरे ।