सभापति देउवाद्वारा पोखरेलको निधनप्रति दुःख व्यक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभापति देउवाद्वारा पोखरेलको निधनप्रति दुःख व्यक्त


२७ जेष्ठ २०७८, बिहिबार


नेपाली काङ्ग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागका सदस्य दिपेन्द्र पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

झापा निवासी पोखरेल विरामी भएपछि एक महिना अघिदेखि काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत रहेको र यही जेठ २५ गते ५२ वर्षको उमेरमा निधन भएको थियो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पोखरेलको निधनले झापा काँग्रेसले भविष्यको एक आशालाग्दो र सक्षम नेतृत्व गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीतिबाट आरम्भ गर्नुभएका पोखरेलले काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस