२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं १ सरकारले मागे कोरोनाविरुद्धको खोप खरीदको अनुमति

अ+ अ-

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गरेकी छन् । सङ्घीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरीदको अनुमति दिन उनले आग्रह गरेकी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोना सङ्क्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले सङ्घीय सरकारलाई चाँडोभन्दा चाँडो प्रबन्ध गर्न आग्रह गरिन् । मन्त्री राईले भनिन्, ‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।’

कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेकाले आवश्यक तयारी गर्न आवश्यक देखिएको मन्त्री राईले कोरोना सङ्क्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको कुरामा जोड दिइन् ।

प्रदेशका दुर्गम स्थानमा कोरोना फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उनले प्रष्ट पार्दै सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेकोमा जोड दिइन् ।

उनले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी दिँदै भनिन्,‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौं ।’

सबै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको उनले बताइन् । उनले भनिन्, ‘एचडियू, आइसियू, भेन्टिलेटर, आवश्यक जनशक्तिसहितको विकसित अस्पताल निर्माण हुनेछ ।’ मन्त्री राईले विपत्र नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपत्र स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको धारणा राखिन्।

प्रतिक्रिया दिनुहोस