सेवानिवृत कर्मचारीको पेन्सन बैंक खातामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सेवानिवृत कर्मचारीको पेन्सन बैंक खातामा


२४ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । सेवानिवृत राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तभरण रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा आउने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट प्रणालीबाट यो कार्य शुरु गरेको हो ।

महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनुसार निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवानिवृत कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् । उक्त प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागु गर्न ठूलो सहयोग पुग्नेछ ।

उनका अनुसार निवृत्तभरण व्यवस्थानमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित वितृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्नेछ ।

निवृत्तभरण पाउने व्यक्तिले समेत अब छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस