२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्की परिवार दक्षिण कोरियाद्वारा स्वास्थ्य सामाग्री प्रदान

अ+ अ-

कोरिया । कास्की परिवार दक्षिण कोरियाले कास्की जिल्लामा अक्सिजन कन्सनटेट्रर तथा औषधिजन्य सामाग्री वितरण गरेको छ ।

कास्की परिवार दक्षिण कोरियाको सहयोग तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद् र नेपाल च्याप्टरको समन्वयमा कोराना सङ्क्रमण रोकथाम तथा औषधी उपचारका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएका कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष नीरज कुमार थापाले जनाएका छन् ।

दक्षिण कोरियामा रहेर विभिन्न पेसामा आबद्ध रहेका कास्केलीहरुको साझा संस्था ुकास्की परिवार दक्षिण कोरियाुको आर्थिक सहयोग सङ्कलन अभियान मार्फत् सङ्कलित रकमबाट कास्की जिल्लाका अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादि गाउँपालिका र पोखरामाहानगर पालिका अन्तर्गतको वडा नम्बर २१ मा अक्सिजन कन्सनट्रटेर, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, थर्मल गन, अक्सिजन मास्क, सर्किजल मास्क, हेन्ड सेनेटाइजर, पन्जा लगायत अति आवश्यक सामग्रीहरू वडा/गाउँपालिका अध्यक्ष र प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको छ ।

सामाग्रीहरू मादी गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, अन्नपूर्ण गाउँ पालिकाका प्रतिनिधि प्रभात पौडेल, रुपा गाउँपालिकाका प्रतिनिधि सन्तोष पौडेल, पोखरा महानगरपालिका वडा २१ का प्रतिनिधि अर्जुन गिरिलाई हस्तान्तरण गरिएको थियो ।

कोरोना महामारीमा आफ्नो गृह जिल्लालाई सहयोग गर्ने उद्देश्यले कास्की परिवार दक्षिण कोरियाले सञ्चालन गरेको एक हप्ते सहयोग सङ्कलन अभियानबाट ३८ लाख २२ हजार २२० कोरियन बोन सङ्कलन गरेको थियो भने संस्थागत तर्फबाट १८ लाख ४४ हजार ५० बोन समेत गरी ५६ लाख ६६ हजार २७० कोरियन वनबाट औषधिजन्य सामाग्रीहरू खरिद गरेको संस्थाका सह कोषाध्यक्ष एसपी अधिकारीले जनाए ।

संस्थाका सल्लाहकार डा. प्रदीप अधिकारीको नेतृत्वमा ६ सदस्यीय उपसमितिले मापदण्ड अनुसार जिल्लाका विभिन्न निकायहरूमा वितरण गरेको संस्थाका अध्यक्ष प्रवीण गिरीले जनाएका छन् ।

कोभिड–१९ महामारिमा बजार केन्द्रित भएर बसेका मानिसहरू गाउँ फर्किँदा गाउँघरतिर थप सङ्क्रमण बढ्ने सम्भावनालाई मध्यनजर गर्दै ग्रामीण भेगतिर अक्सिजन सिलिन्डरको प्रयोगमा कठिनाइ हुने भएकोले चिकित्सक र अध्यक्षहरूसँगको परामर्शका आधारमा गाउँपालिकामा वितरण गरिएको क्वीक डिसिजन टिम कोभिड–१९ का संयोजक तथा संस्थाका सल्लाहकार डा. प्रदीप अधिकारीले बताए ।

कोरियामा बस्ने कास्केलिहरूको सहयोग मार्फत् पठाइएको अक्सिजन कन्सनट्रेटर र अति आवश्यक स्वास्थ्य सामग्रीहरू सम्बन्धित ठाउँमा भरपुर उपयोग हुने र यस कोरोना महामारी विरुद्ध लड्नका निम्ति सहयोग पुर्‍याउने संस्थाका सल्लाहकार प्रकाश देवकोटाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस