२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाविरुद्धको खोप स्पुतनिक–भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

अ+ अ-

मस्को । कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ ।

ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ ।

रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमध्ये सवैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रबार गरेको हो ।

कोरोनाभाइरसको महामारी फैलिइरहेको र खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि कोरोनाभाइरसको महामारी न्युनिकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

विश्वभरी कोरोनाभाइरसका विरुद्धमा लाभदायक हुने भन्दै झण्डै एक दर्जन खोप प्रयोगमा आएको छ । तर ती मध्ये स्पुतनिक भी दोस्रो धेरै प्रयोग गरिएको खोप मानिन्छ ।

स्पुतनिक भी का विकासकर्ताहरुले सो खोप ९७।६ प्रतिशत प्रभावकारी र सुरक्षित भएको दावी गरेका छन् । उनीहरुले यो खोपको दिर्घकालिन नकारात्मक असर पनि नरहेको बताउने गरेका छन् ।