सूर्य जलाएर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सूर्य जलाएर


२२ जेष्ठ २०७८, शनिबार


भो कुरा नगरम् पीडाका,
प्रताडनाका अनि सर्मका
लाजका, घृणाका र उन्मादका,
प्रतिज्ञा अथवा प्रतिविद्धताका,
अनि कुरा नगरम आदर्शका वा
सपनाका जो तिमीले बाडेका थियौ
जहाँ तिमी उभिएका थियौँ
र उभ्याएका थियौ हामीलाई
एउटा चट्टानी स्वाभिमानको शिखरमा,
भत्काएर त्यही सबै जे थियो,
धूलाम्य बनाइ सकेपछि,
भो कुरै नगरम तिम्रो पौरूषत्व र वीरताको !
छिन्नभिन्न पारेर गर्विला गाथाहरू
धुजा धुजा पारेर रक्तरन्जित
अलापेर फेरि भक्ति गानहरू
भो नसुनाऊ अव ती आदर्शहरू
अनि यी चर्तिकलाहरू
यी अर्तिकलाहरू निरन्तर,
शिष्यहरूले गरेकै छन् नि जयजयकार
गाएकै छन् भजन र स्तुति
त्यसैले भो नसुनाऊ अव ती
बहादुरी र विभीषिका
किनकि जसले
दिउसै रात पारे, अनि
अन्धकारलाई प्रेम गरे
जसले सूर्यलाई जलाए
र खरानी हात पारे..
त्यसैले
भो अव कुरै नगरम
यी बेशरमका बातहरू
भो अव कुरै नगरम
तिम्रा बाध्यताका
रातहरू !

प्रतिक्रिया दिनुहोस