म र मैले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म र मैले


१७ जेष्ठ २०७८, सोमबार


म जुरुक्क उठेर भन्छु हावामा महल बनाउँछु
तर, बोक्नु पर्छ खाँबो बनाउन महल भन्दैन उ सघाउँछु ।

सक्नुपर्ने हो उसले भन्न त्यहाँ महल बन्दै बन्दैन
मेरो ओझले गर्दा अहँ त्यहाँ महल बन्दैन उ भन्दै भन्दैन।।

माटाको कण कणमा मैले मेरै नाम लेखाउनुछ
के के न गरे मैले भनेर दुनियाँलाई देखाउनुछ ।

तैँले देख्नैपर्छ किन गरेको हो मेरो चमत्कारको अनदेखा
मैले गरेको सबै मेरैले मात्रै खानुपर्छ तैँले त पाए पो खा ।।

मेरो गोजीको जाने होइन फुटेको कौडी
तर भन्छु म मैले मेरै दिएको हो दौडी दौडी ।

मैले मेरो आफ्नै गरेको भनी जनताको लागि लगानी
जोडे मैले आफ्नो सातपुस्तालाई पुग्ने सुनखानी ।।

दुई चार जना मेरो खान पाएर भएका शाख्खै आफ्ना
फुरुङ्ग हुन्छु जब तिनीहरू थाल्छन् भक्तिगान जप्न ।।

सोही आडमा यसो र उसो गरे भनेर म दिनभर कराउँछु
रातमा सुत्छु आत्माले तैलै ढाँटिस् भन्छ अनि म डराउँछु ।

Tags :
प्रतिक्रिया दिनुहोस