२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म त बाँचे…

अ+ अ-

…भेरी अस्पतालको प्राङ्गणमा रहेको प्रतीक्षालयमा छुँ। मेरो अगाडी भेरी अस्पतालको इर्मेजेन्सि वार्ड छ। त्यहाँ निकै भिडभाड देखिन्छ। साधारण मान्छे, डाक्टर र बिरामी ओहोरदोहोर गरिरहेका छन्। सबै जना हतोत्साहित र त्रसित देखिन्छन्।

अकस्मात् मान्छेहरू संवेदनाले भरिएको आवाज पो गुन्जिन थाले। यो कस्तो चित्कार हो। मनमा भने अनौठो किसिमको भेल पैदा भइरहेको छ। के भयो आखिर । यो वेदना किन र के लागि भनेर सोच्दै थिए। भित्रबाट सेतो कपडामा बेरेर सेतै लुगा लगाएका मान्छेले लास पो ल्याए। लास कति थिए गन्न सकिन। माहौल झन् चिच्याहटको कोलाहलले बिग्रिन थाल्यो।

यसो नजर घुमाएर हेरेको त मेरो दायाँ तिर भाइ कृष्ण, तीर्थ सर र केशव पो देख्छु। तर यिनीहरूको हालत अझै खराब पो छ त। केशव त अर्ध बेहोसीको अवस्थामा छ। तीर्थ सर र भाइ कृष्णले केशवलाई होसमा ल्याउने कोसिसमा छन्।

हैन के भइरहेको छ यहाँ ? भाइ कृष्ण ! तीर्थ सर !! बोलाउने कोसिसमा छु। तर आवाज नै फुट्दैन।

अचानक एउटा सेतो लुगा लगाएको मान्छे हामी भएतिर आएर हामी तपाईँको मान्छेको लास जलाउन लिँदै छौँ। तपाईँहरू मृतकको को पर्नुहुन्छ ? भनेर सोधिरहेको देखेँ।

तीर्थ सरले हामी मृतकको साथी भनेको सुनेँ। हुन्छ, घरमा खबर गरिदिनुहोला अन्तिम पटक मृतकको अनुहार हेर्न चाहनुहुन्छ भने टाढैबाट हेर्न सक्नुहुन्छ। मेरो मनमा भने चिसो पस्यो। पक्कै पनि तीर्थ सरको साथी भनेपछि मेरो पनि साथी नै हुनुपर्छ। तर यस कुरामा म अनभिज्ञ छु। मन बेजोडले अस्थिर पो हुन थाल्यो।

हतारिँदै तीर्थ सरको पछि पछि लास भएतिर लागेँ। जब आफ्नै लास देखे श्वास रोकिए जस्तो लाग्यो। जमिन भासिए जस्तो लाग्यो। आफ्नो अस्तित्व नै विलीन भए जस्तो लाग्यो। झल्याँस्स बिउँझिए। म त बाँचे, पुनर्जन्म पाएँ जस्तो लाग्यो। सपना पनि कति डर लाग्दा र कहाली लाग्दा हुन्छन्।’

तीन चार दिनदेखि शरीर दुख्ने, ज्वरो आउने र खोकी लाग्ने भइरहेको छ। फेरी सामाजिक सञ्जालमा देखिने महामारीसँग सम्बन्धित दृश्य र समाचारले मन नै आक्रान्त पारेको छ। सायद यसैको असर हुनुपर्छ । सपनामा आफै मरेको देख्न पुगेछु। यसो नजर घुमाएर हेरेको त कोठामासँगै बस्ने सुख दुःखको साथी केशव सुतिरहेको थियो। उसलाई पनि सन्चो नभएको हप्ता दिन भइसक्यो। निको हुने छाँटकाँट नै छैन। एक अर्काको सान्त्वना स्वरूप जेनतेन रोगसँग लडिरहेका छौँ। तर आज सपनाले मलाई अपत्यारिलो तवरले चेतना जगाए जस्तो लाग्यो। सपनामा आफैँ मरेको देखे त्यो पनि सन्चो नभएको बेला। पक्कै पनि यसले सावधानीको पूर्व सूचककोरुपमा चेत दियो। बिरामको धेरै हदसम्म कोरोनासँग मिल्ने लक्षण थियो। फलस्वरूप बेलैमा जाँच गरी सावधान रहन उचित ठानेर चेकजाँचका लागि भेरी अस्पताल तिर जाने निधो गर्‍यौँ। घडी हेर्दा बिहानको करिब ८ बजेको थियो। तीर्थ सरको बुबा कोरोना सङ्क्रमित भएर अस्पतालमै भर्ना हुनुभएको थियो। उहाँहरूकै सल्लाह बमोजिम भेरी अस्पताल तिर प्रस्थान गर्‍यौँ।

भेरी अस्पताल पुग्दा त्यहाँको स्थिति असामान्य थियो। सपनामा देखे भन्दा अवस्था निकै भयानक र पीडादायी लाग्यो। चारैतिर मान्छेहरू आफन्तको वियोगान्तले आलाप विलाप गरिरहेका थिए। साधारण मान्छे, बिरामी र डाक्टरको उपस्थिति बाक्लै देखिन्थ्यो। सबै जना हतोत्साहित र त्रसित देखिन्थे। कोरोना चेकजाँच गर्नेको भिड त झन् थामिन सक्नु छ। मानिसहरूले भौतिक दुरी र सुरक्षाका उपायहरू खासै अपनाएको देखिँदैन।चेकजाँच प्रक्रिया पनि साह्रै सुस्त र झन्झटिलो। घन्टौँ सम्म लाइनमा बस्नुपर्ने। पर्चा र शुल्कको लाइन, दर्ता गर्ने अर्को लाइन र अन्तिममा चेकजाँचको लाइन। म भने भाइ कृष्णलाई पालो कुर्न लगाएर प्रतीक्षालयमा विश्राम गरिरहेको छु। मन भने त्यहाँको वेदना, आलाप विलाप र चिच्च्याहटले भारी भएको छ।यदि बिरामीको लागि बेड र अक्सिजनको उपलब्धता मात्र हुन्थ्यो भने पनि यो स्थिति सिर्जना हुँदैनथ्यो होला।

कोरोना महामारीले विश्व जगतलाई नै आक्रान्त पारेको छ।यसको निराकरणका लागि पूर्ण विधि पत्ता लागि सकेको छैन।तर जनता र सरकार एकजुट भएर लाग्ने हो भने केही हदसम्म नियन्त्रण गर्न पक्कै सकिन्थ्यो। तर विडम्बना सरकार राजनीतिक खिचातानी र दाउपेचमा मरिमेटी लागेको देखिन्छ।राजनीति मतभेद लोकतान्त्रिक विशेषता नै हो भने मतभेदलाई सहमतिमा बदल्ने कुशलता सरकारको नेतृत्वसँग हुनुपर्थ्यो।

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै देश गम्भीर महामारीमा फसेको बेला जनता राहत र उपचारका लागि छटपटाइरहेका छन्। देशको कठीन घडीमा सरकार कुशलतापूर्वक अग्रसर हुनुपर्नेमा राजनीतिक चलखेल र भुमरीमा फसेको छ। धेरै युवा साथीहरू देशमा बस्ने वातावरण नै छैन भनी विदेशिएको देख्थे। यो सुन्दा लाग्थ्यो ठिकै त छ, कस्तो खालको वातावरण खोजेका होलान् कुन्नि तर आज बल्ल बुझ्दै छु। देशको शासन व्यवस्थाले कतिसम्म प्रभावित पार्दो रहेछ।

राजनीति आफैमा एक आदर्श वाक्य हो। यो एक चेतना हो।यसमा समाजलाई दिशानिर्देश गर्न सक्ने खुबी र दर्शन हुन्छ।तर नेपाली राजनीति हेर्दा किन यो फोहरी खेल हो भन्न बाध्य पारिँदै छ। कस्तो संस्कार विकसित हुँदै छ यो देशमा। डर लाग्छ र आत्तिन्छु, कतै राजनीतिक अस्थिरताको चपेटामा हाम्रो पुस्ताको भविष्यको सपना तुहिने त होइन।

अचानक कोभिड वार्ड तिरको चित्कारले मेरो ध्यान मोडियो।तत्कालै ७ वटा लासका सेता पोका बाहिरतिर ल्याइरहेको देखेँ। त्यसै बेला मेरो पिसिआएर जाँच गर्ने पालो आयो। म भने चेकजाँच कक्षतिर लागेँ। तीन दिन पछि पिसिआरको रिपोर्ट आयो। अनुमान गरेअनुसारको रिपोर्ट पोजेटिभ नै थियो।होमआईसोलेनमै छु। १० औँ दिन पुग्दासम्म शरीरमा धेरै सुधार भएको छ। तर राजनीतिक माहौल र कोरोना महामारीले झनझन् विकराल रूप लिँदै छ। त्यसैले तन सन्चो भए पनि मनमा भने नैराश्यता र दिकदारीको बादल उस्तै छ। आशा गरौँ मनको आकाश चाँडै खुल्ने छ । घाम उदाउने छ।

 लेखक राजश्व न्यायाधिकरण नेपालगन्जमा नासु पदमा कार्यरत छन् । 
प्रतिक्रिया दिनुहोस