ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघ्यो


एजेन्सी

१२ जेष्ठ २०७८, बुधबार


ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ ।

यस प्रकोप शुरु भएयता ब्राजिलमा १ करोड ४६ लाख व्यक्ति कोरोना मुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस