जन्मिदेउ न फेरि पनि भगवान् गौतम बुद्ध ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जन्मिदेउ न फेरि पनि भगवान् गौतम बुद्ध !


१२ जेष्ठ २०७८, बुधबार


संसारबाट अन्त्य गर्न, कोरोनाको युद्ध ।
जन्मिदेउन फेरि पनि, भगवान् गौतम बुद्ध ।

रोग, भोक र शोक छ, यहाँ जताततै,
तिमीले टेके धर्ती फेरी, बन्‍नेथियो शुद्ध ।

हत्या हिंसा आतङ्क झनै, बढ्दै गएको छ,
तिमीबिना शान्तिका सारा, मार्ग अवरुद्ध ।

तिम्रो मातृभूमि पनि त, अशान्त छ अचेल,
आफ्नै सन्तानको व्यवहारले, भयौ कि क्रुद्ध !

अशान्ति बढेदेखि सबैले, तिमी खोजेका छन्,
कि जन्मेऊ आफैँ या त, पठाइदेऊ जुद्ध !!

Tags :
प्रतिक्रिया दिनुहोस