२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

अ+ अ-

ओखलढुङ्गा । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँ गाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ ।

स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन् ।

जिल्लाको सुनकोशी गाउँपालिकाले च्यानम स्वास्थ्य चौकीमा १० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सङ्क्रमितलाई पालिकाभित्रै राखेर उपचार गर्ने उद्देश्यले सुनकोशीले अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

आइसोलेसन केन्द्रमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने गरिएको छ । ‘पालिकाले आफ्नै स्रोत र साधनबाट अक्सिजनसहितको आईसोलेसन केन्द्र तयार गरेको छ । सम्भव भएसम्म हामी सबै सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर सङ्क्रमण मुक्त बनाउनेछौं’, अध्यक्ष अधिकारीले भने। लक्षण नदेखिएपनि सङ्क्रमण पुष्टि भएकालाई होम आइसोलेसनमा बस्ने वातावरण नभए समुदायमा फैलिन नदिन आइसोलेसन केन्द्रमै राखिने अध्यक्ष अधिकारीले बताए ।

गाउँपालिका—७ च्यानम स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर र दुई वटा कन्सन्ट्रेटसहितको १० शैय्याको आइसोलेसन केन्द्र तयार गरिएको छ । पालिकाले गाउँमै अक्सिजनसहितको आइसोलेसन तयार गरेपछि स्थानीय खुसी भएका छन् । यसअघि सुनेकाशीका सङ्क्रमितलाई जिल्ला सदरमुकामस्थित ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा ल्याउनुपर्ने बाध्यता थियो ।

घरघरै जस्तो कोरोनाको सङ्क्रमित भएको जिल्लाको मोलुङ गाउँपालिकाले रामपुरमा ७ शैय्याको आइसोलेसन तयार गरेको छ । जिल्लामा सबैभन्दा पहिलो बढी सङ्क्रमित भेटिएको मोलुङमा दुई वटा अक्सिजन कन्सनट्रटेरसहित सात शैय्याको आइसोलेसन बनाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत गोपाल नेपालले बताए । उनका अनुसार गाउँपालिकाले सङ्क्रमितलाई अस्पताल लैजानुपरेमा तत्काल उद्धार गर्ने उद्देश्यले सवारी साधन तयारी अवस्थामा राखेको छ ।

मोलुङमा ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एकको मृत्यु भइसकेको छ भने एक जना झापाको विएण्डसी अस्पतालमा उपचाररत छन् । अन्य ६३ जना आ–आफ्नै घरमा बसिरहेका छन् ।

खिजीदेम्बा गाउँपालिकाले पालिकाको केन्द्र खिजीफलाटेमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोभिड अस्पताललाई थप व्यवस्थित बनाउने र थप आइसोलेसन व्यवस्थापन गरेर नागरिकलाई सेवा शुरु गरिएको खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए ।

खिजीदेम्बाका वडाहरुमा समेत जनप्रतिनिधिको सङ्क्रमितको व्यवस्थापन गर्न थालिएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि धमाधम आइसोलेसन कक्ष तयार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस