रेडस्टारका पाँच मुक्तक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रेडस्टारका पाँच मुक्तक


८ जेष्ठ २०७८, शनिबार


१. दुनियाँ छँदै छ यहाँ डाहा गर्नलाई
खुसीयालीमा फेरी वाहा गर्नलाई।
तिमीले फोन गरेर छुट्टिने सुनायौ निर्णय
के बिग्रन्थ्यो फोन गर्दा सल्लाह गर्नलाई ।

२. गाउँमा खेती गर्न चटारो भइसक्यो
बिरामी हस्पिटल पुग्न हतारो भइसक्यो ।
कुरा गर्नुन्छ तपाईँ सरकार फेर्ने
यहाँ श्वास फेर्न गाह्रो भइसक्यो ।

३. जाऊ तिमी प्रगतिले शिखर छुनुपर्छ।
छोडिदेऊ सबै तिमी सधैँ खुसी हुनुपर्छ।
चिन्ता नलेऊ जिन्दगीमा खुसी आउला भनेर
म पनि तिम्रो यादमा सधैँ रुनुपर्छ ।

४. खै कसले यहाँ सम्बन्ध जोडिदिन्छ ?
फेरी त्यैसैलाई कसले तोडिदिन्छ ?
तिमीले छोडेऊ पश्चात्ताप छैन केही
एकदिन यो प्राणले पनि शरीर छोडिदिन्छ ।

५. यो मन गर्मीमा शीतल छहारी हो
कसैलाई अन्न उब्जाउने बारी हो
ए कता हिँडेको एक छिन बसेर जाऊ
यो दिल पनि थकान मेटाउने चौतारी हो।

Tags :
प्रतिक्रिया दिनुहोस