राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट पेस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट पेस


७ जेष्ठ २०७८, शुक्रबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन् ।

संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गरेको भन्दै सर्वोच्चमा रिट पेस भएका हुन् ।

प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाएर रिट पेस भएको हो ।

अधिवक्ताहरू लोकेन्द्रबहादुर वली, विमल अधिकारी, अजय बुढाथोकी, सन्तोष भण्डारीलगायतले रिट पेस गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस