प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ज्ञापन पत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ज्ञापन पत्र


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज १५ बुँदे ज्ञापन पत्र बुझाएका छन्।

बिहीबार प्रधानमन्त्री ओलीलार्य सिंहदरबारमा भेटेर कोरोना सङ्क्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न माग गर्दै देउवाले ध्यानाकर्षण गराएका हुन्।

देउवाले कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन माग गरेका छन् । खोप खरिदलगायतमा देखिएका अनियमितता छानबिन गर्न पनि देउवाको माग छ ।

सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत नेताहरू सरकारलाई ध्यानाकर्षण गराउन सिंहदरबार पुगेका थिए।

यस्तो छ ज्ञापन पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस