२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी नेताहरु जनताको जीवन रक्षार्थ लाग्नुस्ः नेता शर्मा

अ+ अ-

कर्णाली । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को संक्रमणबाट जनताको जीवन रक्षा गर्न पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।

कर्णाली प्रदेशअन्तर्गत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज शर्माले स्वास्थ्यकर्मीसहितको स्वयंसेवक टोली बनाएर वडावडामा परिचालन गर्न आग्रह गरे ।

पूर्वमन्त्री शर्माले भने,’जनताको जीवन रक्षा नै यतिबेलाको मुख्य काम हो । अरु सबै कुरा थाती राखेर कोभिड–१९ विरुद्ध पार्टीको सबै शक्ति लगाउनुस् । प्रदेशको नयाँ बजेट कोभिड–१९ नियन्त्रण हुने गरी जनहितमा केन्द्रित गर्न म प्रदेश सरकारलाई आग्रह गर्दछु ।’

उनले हाल प्रदेश मातहतमा रहेको कर्णाली प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्ने तयारीका साथ गरिएको निर्णय गलत भएको पनि बताए । संघीय सरकारले अस्पताललाई सहयोग गर्ने कुरा स्वागतयोग्य भए पनि प्रदेशको अधिकार खोसेर संघ मातहतमा ल्याउन कदापि उपयुक्त नहुने उनको धारणा थियो ।

भर्चुअल बैठकमा प्रदेश संयोजक मायाप्रसाद शर्मासहित रुकुम(पश्चिम), जाजरकोट, जुम्ला, मुगु, हुम्ला र कालीकोटका अध्यक्ष क्रमशः गोपाल शर्मा, ढकवीर राना, वीरबहादुर कुँवर, सुकवीर बुढा, लालकेश जैसी र धनजीत शाही तथा डोल्पा, दैलेख, सुर्खेत र सल्यानका संयोजक क्रमशः मालबहादुर रोकाय, प्रेम कटुवाल, कृष्ण जिसी र कर्णबहादुर बुढाथोकीले जिल्लाको परिस्थितिबारे रिपोटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस