२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना माहामारीसँग जुध्न धौलागिरी अस्पताललाई ३ करोड बजेट विनियोज

अ+ अ-

गलकोट । कोरोना भाइरस माहामारीसँग जुध्नका लागि बागलुङको धौलागिरी अस्पताललाई संघीय सरकारले तीन करोड रकम विनियोजन गरेको छ । अस्पतालमा आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क लगायतका कार्य गर्नका लागि सो रकम विनियोजन गरेकको अर्थ मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि मन्त्रालयले छुट्टाएको रु ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चितता संगै जिल्लाको धौलागिरी अस्पतालमा रु तीन करोड बजेट विनियोजन भएको हो ।

मन्त्रालयका अनुसार देशका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत किरण पौडेलले जानकारी दिए । अर्थ मन्त्रालयले द्रुत कार्ययोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेकाले कार्यान्वयनमा ढिलाई नहुने पौडेलको भनाई रहेको छ ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको जानकारी गराएको छ ।

धौलागिरी अस्पतालमा कोरोनाका विरामी थेगी नसक्नुभएको सन्दर्भमा रु तीन करोड बजेट विनियोजन हुँदा अस्पताल व्यवस्थापन र विस्तारमा ठूलो राहत हुने धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए । ‘सरकारले बजेट विनियोजन गरी कोरोना महामारी संग जुध्न सहजता प्रदान गरेको छ’ उनले भने ‘बजेटको कार्यान्वयन र खरिद प्रकेया छोटो बनाएर ततकालै सेवा थप गर्नेगरी काम गर्न आवश्यक छ, त्यसका लागि खरीद प्रकृयामा स्वास्थ्य मन्न्त्रालयको ध्यान पुगोस ।’ अस्पतालमा अहिले ४० सक्रमितको उपचार भइरहेको छ भने जिल्लामा अहिले ८०० सक्रिय संङक्रमित छन् ।

अस्पतालमा तीन आइसीयू, दुई भेन्टिलेटर सहित ३५ श्ययाको आइसोलेशन छ । चालीस सङ्क्रमितलाई उपचार गर्दा समस्या भएपछि क्षमता विस्तार र पूर्वाधार थप गर्न गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयले समेत रु।६० लाख रकम विनियोजन गरेको छ ।

संघीय सरकारले पठाएको बजेटले अस्पतालमा आइसीयू भेन्टिलेटर तथा श्यया थप हुनेछ भने अक्सिजन जम्मा गर्न सकिने ट्याङ्क समेत निर्माण हुने छ । बजेट विनियोजन अनुसार खरीद प्रक्रिया थाल्ने तयारीमा अस्पताल रहेको छ । अस्पतालमा जतिसक्दो छिटो थप आइसीयू, भेन्टिलेटर तथा क्षमता विस्तारका लागि निरन्तरको पहलपछि बजेट विनियोज भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस