२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदानचुलीद्वारा एक साताका लागि सबै सेवा बन्द

अ+ अ-

सिमकोट । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिइन् ।

आइतबार गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णयानुसार आइतबारदेखि नै लागू हुने गरेर गाउँपालिकाका सबै काम बन्द गर्ने निर्णय गरिएको हो । गाउँपालिकाले एन्टिजेन विधिमार्फत शनिबारदेखि शुरु गरेको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकालाई सिल गर्ने निर्णय गरिएको हो ।

बैठकले सोमबारदेखि गाउँपालिका, वडा कार्यालयमा राखिएका इन्टरनेट सेवासमेत जेठ ९ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको बताइएको छ । कार्यालयमा राखिएको इन्टरनेट सेवाका कारण प्रयोगकर्ताको भिड लाग्ने भएपछि त्यस्तो निर्णय गरिएको हो । बन्दको समयावधिमा वडाध्यक्षको सिफारिसमा एक गाउँबाट अर्को गाउँ आउन र जान पाउने निर्णय गरिएको उपाध्यक्ष ऐडी जानकारी दिइन् ।

‘जेठ ९ गतेसम्म गाउँपालिकाभित्रका सबै होटेल तथा पसललाई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेका छौँ’, उपाध्यक्ष ऐडीले भनिन्, ‘यो अवधिमा मेसिनले गर्ने कामबाहेक अन्य सबै विकास निर्माणका कामलाई समेत तत्काल स्थगन गर्ने निर्णय गरिएको छ ।’

सिमकोट–७ पनि सिल

यसैगरी कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै सिमकोट गाउँपालिकाको वडा ७ लाई पनि आइतबारदेखि सिल गर्ने निर्णय गरिएको छ । वडाको निर्णयानुसार जिल्लाले जारी गरेको निषेधाज्ञाको अवधिमा वडाक्षेत्र पूर्णरूपमा सिल गरिएको वडाध्यक्ष राजबहादुर शाहीले बताए ।

उनका अनुसार पूर्वमा सिमकोट लाग्ना, पश्चिममा नाम्खाको ताग्रु खोला, दक्षिणमा सिमकोट–८ को स्याँडा जाने पुल र उत्तरमा हिल्सा–सिमकोट सडकभित्रको चार किल्लालाई सिल गर्ने निर्णय वडाले गरेको छ । बाहिरबाट आउनेहरुका कारण कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएकाले निषेधाज्ञाको अवधिभर वडालाई सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष शाहीले जानकारी दिए।

हुम्लामा एन्टिजेन परीक्षणमा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा हालसम्म ४६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस