काठमाडौँ । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच जना बाँकेका छ जना बाहिरी जिल्लाका रहेका छन् ।
बाँकेका दुई जना पुरुष र तीन जना महिला गरी पाँच जना संक्रमितको मृत्यु भएको हो । बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक जना महिला र पाँच जना पुरुष गरी छ संक्रमितको मृत्यु भएको हो ।