राष्ट्रपतिले दिएको समयभित्रै देउवाको नेतृत्वमा सरकार बनाउने काँग्रेसको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिले दिएको समयभित्रै देउवाको नेतृत्वमा सरकार बनाउने काँग्रेसको निर्णय


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । काँग्रेसका प्रभावशाली नेताहरूको बैठकले आफ्नै नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेको छ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयभित्र सरकार गठन गर्ने निर्णय गरेको हो।

माओवादीसहित एमालेको माधव नेपाल पक्ष र सिङ्गै जसपाको साथ लिएर सरकार गठन गर्ने निर्णय छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न सोमबार बेलुका तीन दिनको समय दिएर आह्वान गरी सकेकी छिन् । सरकार गठन गर्न काँग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्षले आन्तरिक र द्विपक्षीय छलफल तीव्र बनाएको छ।

काँग्रेसले सभापति देउवालाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस