प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन सक्दैनौँ –उपेन्द्र यादव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन सक्दैनौँ –उपेन्द्र यादव


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा यादवले विश्वासको मत नभएर विपक्षमा मतदान गर्ने बताएका हुन् ।

‘संसद् असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । जनता सडकमा आए । सर्वोच्चले पुनर्स्थापना गरिदियो । जुन संसद्मा विश्वास छैन, कसरी मत दिने रु,’ यादवले भने ।

प्रधानमन्त्री ओली सङ्घीयता र समावेशिता विरोधी भएको बताउँदै उनले संविधानमा त्रुटि रहेकोले आफ्नो रिजर्भेसन रहेको बताए । ‘यही सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइँदैन भन्ने निर्णय गर्छ । सङ्घीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फुर्ती नदेखाऊ भन्नु हुन्छ ?’ यादवले भने ।

यादवले सङ्घीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस