मेरो प्यारो मान्छे
फेरि बचपनमा पुग्न पाए
तिम्रो सारीको फेर समाती रुँदै हिडन मन छ ।
फेरि पनि बजारको ढुङ्ग्री र बतासा खान
दौडिएर तिमीले हटिया गरेको झोला समाउन मन छ ।
अनि तिमीले धुन राखेको लुगाको पोकामा
सुटुक्क आफ्ना पनि मैलिएका लुगा मिसाउन मन छ ।
फेरी लुक्न मन छ तिम्रो ममताको छहारीमा
अनि केही क्षण बिर्सन मन छ यो मतलबी संसार ।
कहिलेकाहीँ बिरामी भइदिऊँ कि झैँ लाग्छ
तिमीले मायाले बनाएको चाउचाउको सुप चाख्न ।।
मेरो प्यारो मान्छे
कसैले आएर भन्छ, “तिम्रो आमा त तिमी जस्तै हुनुहुँदो रहेछ”
तब म भन्नेछु, “उहाँ मजस्तो हैन बरु म चाहिँ उहाँजस्तो छु ।”
जब ऐना हेर्छु तब तिम्रै प्रतिबिम्ब देख्छु यो मुहारमा ।
मेरो नशामा बगेको तिम्रो रगत
अनि तिम्रै फोक्सोबाट प्राण फुकेको यो ज्यान
अनि तिम्रो अंश बनी हुर्किरहेको म
सायद ईश्वरले सबैठाँउ हेर्न नभ्याउने हुँदा आमा बनाएको हुनुपर्छ ।।
सोध्छन् मान्छेहरू “आमाको कत्ति याद आउँछ भनेर?”
बिर्सनु कसरी ?
याद त तिनलाई गरिन्छ जस लाइ बिर्सेको होस ।
भट्टराई शाखा अधिकृत हुन्