१४ ग्राम लागुऔषधसहित पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१४ ग्राम लागुऔषधसहित पक्राउ


२६ बैशाख २०७८, आइतबार


कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाकै बीचमा लागुऔषधका सात घटनामा ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरेको छ ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा खटिएको सुर्खेत प्रहरीले १३.५ ग्राम लागुऔषधसहित अभियुक्तलाई पक्राउ गरेको हो ।

लागुऔषधमा संलग्न पाँच जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस