नेम्वाङ र पौडेल नेपाललाई भेट्न पुगे संसद् सचिवालय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेम्वाङ र पौडेल नेपाललाई भेट्न पुगे संसद् सचिवालय


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल संसद् सचिवालय पुगेका छन् ।

अन्य सांसदहरुसहित आज दिउँसो करिब साढे ३ बजे संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु नेम्वाङ र पौडेल केही समय अगाडि मात्र संसद् सचिवालय पुगेका हुन् ।

राजीनामाको तयारीसहित सांसदहरु सिंहदरबारमा भेला हुन् थालेका छन् । नेम्वाङलगायतले नेपाललाई भेट्न समय मागेका थिए । नेपाललाई भेट्न जानु भन्दा अगाडि नेम्वाङ र पौडेलले अर्थ मन्त्रालयमा छलफलसमेत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस