लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ। लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् ।

संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट सिफारिसमा भएका हुन् ।

देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् ।

रेग्मी आयोगका अध्यक्ष हुने कुरा करिब दुई महिना अघि नै तय भएको भए पनि यही बिचमा अन्य व्यक्तिहरूसमेत हुन सक्ने अड्कल काटिँदै आएको थियो ।

यसअघि नै काँग्रेसको तर्फबाट निर्वाचन आयोगको सदस्यका लागि सिफारिस भएका रेग्मीले निजामतीमा तत्कालीन स्थानीय विकास, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य तथा आपूर्ति, लोक सेवालगायत निकायहरूमा काम गरिसकेका छन् ।

पूर्व सचिव रेग्मीलाई अदालतको एउटा फैसलासँग जोडेर पनि चर्चा भइरहेको छ । फागुन २३ गते सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई साबिकको एमाले र माओवादी केन्द्रकै रूपमा रहने आदेश न्यायाधीश कुमार रेग्मीको बेन्चबाट दिइएको थियो । र, माधव कुमारका दाजु हुन् ।

परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

बैठकले लोक सेवासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचनलगायत रिक्त अन्य सबै संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस