चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो


एजेन्सी

२६ बैशाख २०७८, आइतबार


चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ। बीबीसीका अनुसार रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको हो।

चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक सो रकेट हेनान द्वीपबाट अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) तर्फ प्रक्षेपण गरिएको थियो। यो रकेटले चीनको इन्टरनेशनल स्पेश स्टेशनको प्रमुख मोड्यूललाई पृथ्वीको तल्लो कक्षतर्फ लैजाँदै थियो।

रकेट अनियन्त्रित बनेपछि यो रकेट बसोबास रहेको क्षेत्रमा गिर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो। सो रकेटको तौल १८ टन थियो। दशकयता पृथ्वीतर्फ खसेको यो नै सबैभन्दा ठूलो वस्तु हो। रकेट अनियन्त्रित भएपछि अमेरिकाले चीनलाई अन्तरिक्षको मामिलामा जिम्मेवार रवैया देखाउन चेतावनी दिएको थियो।

अन्तरिक्षसम्बन्धी विषयका विज्ञहरूले भने पृथ्वीको निकै ठूलो सतह समुद्रले ओगटेको र धेरै भूभागमा बसोबास नरहेका कारण रकेटका टुक्रा कसैलाई लाग्न सक्ने सम्भावना निकै कम रहेको अनुमान गरेका थिए। सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन।

चिनियाँ रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको थियो। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो। बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस