पत्रकार महासङ्घद्वारा कोरोनाको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्रकार महासङ्घद्वारा कोरोनाको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका जारी


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरसको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका जारी गर्दै पालना गर्न पत्रकारलाई आग्रह गरेको छ।

पत्रकारमा कोरोना सङ्क्रमण बढ्न थालेपछि महासङ्घले निर्देशिका ल्याएको हो । अहिलेसम्म देशभर ६८० जना पत्रकार सङ्क्रमित भइसकेका छन् भने सात जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य सङ्गठन९डब्लूएचओ०ले तयार गरेको स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा निर्देशिका जारी गरिएको महासङ्घले जनाएको छ। जसमा कोरोनासम्बन्धी समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको छ।

महासङ्घले कोरोना सम्बन्धी समाचार लेख्दा त्रसित बनाउने गरी नलेख्न आग्रह गरेको छ भने यसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोडेर नलेख्न पनि सचेत गराएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस