संवैधानिक परिषद् बैठक स्थगन गर्न माओवादी केन्द्रको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संवैधानिक परिषद् बैठक स्थगन गर्न माओवादी केन्द्रको आग्रह


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गरेका छन् । उनले आज प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखु समेतले भाग नलिने जनाएकाले बैठक स्थगन गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यसँग अनुरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस