राष्ट्रिय सभाको मनोनयन दर्ता आज, के गर्लान् बादल « प्रशासन
prasaLogo
२४ बैशाख २०७८, शुक्रबार

राष्ट्रिय सभाको मनोनयन दर्ता आज, के गर्लान् बादल


प्रकाशित मिति : 7 May, 2021 9:01 am

काठमाडौँ । बागमती प्रदेशको रिक्त अन्य समूहको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै छ।

जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको थियो। उम्मेदवारले बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन पत्र दर्ता गर्न सक्नेछन्।

माओवादी केन्द्र, काँग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रूपमा डा. खिमलाल देवकोटालाई उठाउने भएका छन्।

एमालेले भने हालसम्म उम्मेदवार तोक्न सकेको छैन। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को स्थानमा निर्वाचन हुने भएकाले उनलाई नै उम्मेदवार बनाउने विषयमा बिहीबार छलफल भए पनि सहमति हुन सकेन । हार्न सक्ने सम्भावना देखेपछि थापाले आफू नउठ्ने बताएका थिए ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि पाँच दल मात्रै दर्ता भएका छन्। उपनिर्वाचनका लागि एमाले, काँग्रेस, माओवादी केन्द्र, राप्रपा र नेमकिपामात्र दर्ता भएको निर्वाचन आयोगले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस