मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय भएन, छलफल कोभिडमा केन्द्रित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय भएन, छलफल कोभिडमा केन्द्रित


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । बिहीबार बालुवाटार डाकेको मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय नभएको दाबी गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डाकेको बैठकमा कोरोना सङ्क्रमणका विषयमा मात्रै छलफल र निर्णय भएको एक मन्त्रीले बताए ।

बैठकमा अक्सिजनको सहज उपलब्धताका निम्ति अक्सिजन प्लान्ट जडान गर्ने र नियन्त्रणका अन्य उपायसहरुका बारेमा छलफल भएको छ ।

मन्त्रालयका नियमित एजेन्डाहरूबारे भने बैठकले केही निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस