टिकटकले नियुक्त गर्‍यो नयाँ कार्यकारी प्रमुख « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिकटकले नियुक्त गर्‍यो नयाँ कार्यकारी प्रमुख


एजेन्सी

२३ बैशाख २०७८, बिहिबार


एजेन्सी । सामाजिक सञ्जाल टिकटकले नयाँ कार्यकारी प्रमुख नियुक्त गरेको छ । पद रिक्त भएको झण्डै आठ महिनापछि लोकप्रिय मिडिया टिकटकले नयाँ सिइओ पाएको हो ।

टिकटकको मातृ कम्पनी बाइटडान्समा प्रमुख वित्तीय अधिकृतकोरुपमा प्रवेश गरेका शोउजी चेउलाई टिकटकले कार्यकारी प्रमुखको जिम्मेवारी दिएको छ । चेउले चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर पनि काम गरेका थिए ।

चेउ सिंगापुरका हुन् उनले सिंगापुरस्थित टिकटक कार्यालयबाटै काम गर्ने टिकटकले जनाएको छ ।

यसअघिका कार्यकारी प्रमुखले अमेरिकी प्रतिबन्धको धम्की आएपछि राजीनामा दिएका थिए ।

निकै लोकप्रिय मिडिया टिकटकका अमेरिकामा १० करोड भन्दा धेरै प्रयोगकर्ता छन् ती मध्ये ६० प्रतिशत भन्दा बढि १० देखि २९ वर्षका छन् ।

टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या विश्वभर ६८ करोड ९० लाख छ । टिकटक एप अहिलेसम्म २ अर्ब पटक डाउनलोड भइसकेको छ । सिएनएन

Tags :
प्रतिक्रिया दिनुहोस