स्नुकर खेल्ने सात पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्नुकर खेल्ने सात पक्राउ


२२ बैशाख २०७८, बुधबार


सुर्खेत । सुर्खेत वीरेन्द्रनगरबाट स्नुकर खेल्ने ७ जना पक्राउ परेका छन् ।

कोभिड निषेधाज्ञा कार्यान्वयनका क्रममा अनुगमनमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–१० स्थित बसपार्कमा अनिल वि.सी.ले सञ्चालन गरेको स्कुनर हाउसबाट सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर –१० बस्ने २२ वर्षीय आकाश देवकोटा,२७ वर्षीय वीरेन्द्र शाही, २६ वर्षीय राज घर्ती मगर ,३० वर्षीय विनय बुढा र कबिर खान ,वीनपा ३ का२८ वर्षीय घनश्याम के।सी र सोही वीनपा ६ का आकाश प्याकुरेल सहित ७ जना फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डिएसपी राम प्रसाद घर्तिमगरले बताए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले वैशाख ३१ सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस्तो अवस्थामा स्नोकर खेल्नेलाई सङ्क्रामक रोग ऐन,२०२० को दफा २ को तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा(३) बमोजिम कारवाही अगाडि बढ्ने डिएसपी घर्तीले प्रशासनलाई बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस