लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते


प्रशासन संवाददाता

२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ ।

आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि पदमुक्त भएपछि उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस