२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव

अ+ अ-

सल्यान । सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिल खालका कोरोना सङ्क्रमितहरू प्रभावित हुन थालेका छन् ।

अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमितहरुलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकाले एकै दिनमा १० वटा सिलिन्डर सकिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘हरेक २४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन्, बाँकीले आठदेखि १० घण्टा धान्नुपर्छ । यति बेला बिरामीहरुलाई पूरा समय अक्सिजन पुग्दैन’, अस्पतालका डा भिमकान्त जैसीले भने ।

अस्पतालमा सुर्खेतबाट अक्सिजन ढुवानी गर्नुपर्ने भएकाले सुर्खेत जान र आउन तथा सिलिन्डर भर्न समय लाग्ने हुँदा अक्सिजन समयमा पुर्याउन समस्या भइरहेको डा जैशी बताउँछन्। अस्पतालमा थप १० वटा सिलिन्डर मात्रै भएको भए पनि केही राहत हुने उनको भनाइ छ ।

अस्पतालमा भर्ना भएका अन्य बिरामीलाई समेत अक्सिजन दिनुपर्ने अवस्था रहेको डा प्रदीप शर्माले बताए । केही दिनअघि मात्रै अस्पतालमा अक्सिजन प्लान्ट मेसिन आएको छ । कर्णाली प्रदेशबाट मेसिन त आयो तर जडान गर्ने जनशक्ति नपठाउँदा त्यसै थन्किएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि भने काम गर्न सहज हुने शर्माको भनाइ छ ।

यसैबिच सल्यान अस्पतालमा एन्टिजेन किट सकिएपछि कोरोना परीक्षण रोकिएको छ । एन्टिजेन विधिमार्फत अस्पतालमा गरिँदै आएको कोरोना परीक्षण हाललाई स्थगित गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

किट कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आए पनि प्रदेशमै किट सकिएपछि पाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले बताए ।

एन्टिजेन नहुँदा पिसिआरबाट परीक्षण रिपोर्ट ढिला आउने देखिएको छ । पिसिआरका लागि २०० स्वाब सङ्कलन गरेर मात्रै सुर्खेत पठाइने हुँदा रिपोर्ट ढिला आउने भएको हो । जिल्लाका स्थानीय तहहरुले कोरोना सङ्क्रमितहरूका लागि आइसोलेसनको व्यवस्था गरेपनि सङ्क्रमितहरू भने जिल्ला अस्पतालमै आउने गरेका छन् ।

सल्यानमा दुई जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका­ ७ का ७० वर्षीय एक पुरुष र सिद्ध कुमाख गाउँपालिका­ १ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै सल्यानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।